Friday, June 26News That Matters

उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

पूर्णपुष्टि, फागुन ३० ।
उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शनिबारर चौदण्डीगढी नगरपालिका–४ का ३१ वर्षीय भुषण राईलाई प्रहरीले पक्राउ गरेको हो ।
साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए ।
कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागूऔषध ब्राउन सुगरसहित राई पक्राउ परेको डिएसपी बेदप्रसाद गौतमले बताए । पक्राउ परेको राई विरुद्ध जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । उदयपुरमा यति ठूलो परिणाममा ब्राउन सुगर फेला परेको यो नै पहिला रहेको गौतमको भनाई छ ।