Friday, May 1News That Matters

उदयपुरमा लागुऔषध र गाली बेईजती मुद्धाका २ फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, माघ २४ । उदयपुरमा लागुऔषध र गाली बेईजती मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बोक्से बस्ने ईसाक राई र त्रिनपा–१३ पोर्ताहा बस्ने उजुरु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीका अनुसार मंगलबार जिप्रका र अप्रपोष्ट तरकारी बजारबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । जिल्ला अदालतले लागुऔषध मुद्धामा राईलाई २७ दिन कैद सजाय र गाली बेईजती मुद्धामा चौधरीलाई ५०० रुपैया जरिवाना तोकेको डिएसपी चौधरीले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।