Sunday, May 3News That Matters

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

पूर्णपुष्टि, मंसिर २३ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–२ का २४ बर्षीय सुरेन्द्र बस्नेत रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार त्रियुगा नगरपालिका–६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई ईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।