
पूर्णपुष्टि, असोज १७ । उदयपुरमा लगुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० बस्ने २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार त्रियुगा नगरपालिका–६ स्थित प्रहरी चौकी लालपत्ताबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२–०३–००१ज ०११४ को विङगरलाई चेकजाँच गर्ने क्रममा उनिहरुको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जनाको सम्बन्धमा सम्बन्धित कार्यालयबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
