Sunday, May 3News That Matters

उदयपुरमा वन मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, चैत १४ । उदयपुरमा वन मुद्धाका एक महिला सहित २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ राजावास बस्ने २७ बर्षीय सिव सदा र सोही स्थान बस्ने २८ बर्षीया सोनिया सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले वन मुद्धामा सिव र सोनिया सदालाई ३ महिना कैद र रु. १५५१.३३ पैसा जरिवाना तोकेको थियो । फरार रहेका उनिहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कर्यान्वयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।