Thursday, June 4News That Matters

उदयपुरमा विद्यार्थीहरुले मनाए वन्यजन्तु सप्ताह

पूर्णपुष्टि, बैशाख ८
उदयपुरमा प्राकृतिक स्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले सात दिने २७ अ‍ौं वन्यजन्तु सप्ताह मनाएमन छन । वन क्याम्पस कटारिमा अध्यानरत विद्यार्थीहरुले वैशाख १ गते देखि ७ गते सम्म वन्यजन्तु सप्ताह कार्यक्रम मनाएका हुन् ।

विसं २०५३ देखि निरन्तर नयाँ वर्षको पहिलो सप्ताहसम्म वन्यजन्तु सप्ताह मनाउँदै आएको छ। यस वर्ष “‘मानव वन्यजन्तु सहअस्तित्व हाम्रो साझा दायित्व” नाराका साथ सप्ताह मनाएको हो । सप्ताह समापनका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा डिभिजन वन कार्यलय उदयपुर त्रिवेणीको डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेले सप्ताहअन्तर्गत गरिएका विभिन्न कार्यक्रमले वन्यजन्तु संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै प्राणी मध्ये मानव जाति बढी चेतनशील भएकाले पृथ्वीलाई अझ सुन्दर र सबैको साझा बनाउन मानिसको महत्वपूर्ण भूमिका रहने बताउँदै अधिकृत घिमिरेले जैविक विविधता जोगाउन सबैको ऐक्यबद्धता आवश्यक रहेकामा जोड दिनुभयो ।

प्राकृतिक श्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले डिभिजन वन कार्यलय, पंछी संरक्षण सघ कटारी र हुइ फर वायोडाइभरसिटी कन्जरभेसन कटारिसग्गको सहकार्यमा एक हप्ता सप्ताहा मनाएका थिए । यसै अवसरमा वन्यजन्तु संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले कटारी नगरपालिका भित्र विभिन्न कार्यक्रम गरे ।

सप्ताहअन्तर्गत विद्यार्थीहरुले वैशाख १ गते वन क्याम्पस कटारिबाट भूगोल पार्क सम्म वन्यजन्तु संरक्षणसम्वन्धी नारा सहित र्याली कार्यक्रम, २ गते सडक नाटक र स्ट्रेट नाच, ३ गते वन्यजन्तु सम्बन्धि निबन्ध लेखन प्रतियोगिता त्यस्तै वैशाख ४ सामुदायिक वनहरुमा जनचेतनामुलक कार्यक्रमहरु, वैशाख ५ गते वन्यजन्तुको वास्थान सम्बन्धी क्याम्पियन, ६ गते वन्यजन्तु सम्बन्धि चित्रकला प्रदशन र अन्तरकृया तथा ७ गते सुगाजोर सामुदायिक वनमा चरा अवलोकन तथा सो सम्बन्धी चेतनामूलक कार्यक्रम गर्दै सप्ताह सम्पन्न गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा उदयश्री बहुमुखीका प्रमुख मुकेश थापाले नयाँ वर्षको सुरुवात सँगै मनाइने वन्य जन्तु सप्ताहलाई वर्षभरि समुदायका मानिस हरुलाइ सक्रिय रुपमा समावेश गराही विभिन्न कार्यक्रम गरी मनाउनुपर्ने धारणा राख्दै राखे । उनले वन्यजन्तु जोगाउन सबैको जिम्मेवारी समेत बताए ।

कार्यक्रममा वन्यजन्तु सप्ताह कार्यक्रमका संयोजक केदार पौडेलले सबैको साझा प्रयासबाट सप्ताह कार्यक्रम सफल रुपमा सम्पन्न भएको जनाए । उनले सप्ताह समापन सँगै वन्यजन्तुको संरक्षणका लागि सबैको प्रयास र सहयोग भएमा मात्र यसलाई संरक्षण गर्न सम्भव रहने जनाए ।