
पूर्णपुष्टि, जेठ २३ । उदयपुरमा शिक्षकले विद्यार्थिलाई रक्सी लिएर आउन लगाएपछि हंगामा मच्चिएको छ । चौदण्डीगढी नगरपालिका ४ बसामा रहेको श्री महादेवेश्वर आधारभुत विद्यालयका शिक्षक सञ्जिवकुमार यादवले विद्यार्थिलाई रक्सि किन्न पठाए पछि हंगामा मच्चिएको हो ।
स्थानीयहरुले रक्सि किन्न पठाएको र रक्सि लिएर आएको फेला पारेपछि विद्यालय परिसरमै विरोध जनाएको छ । शिक्षक जस्तो व्यक्तिले विद्यालय समयमै रक्सि विद्यार्थीलाई ल्याउन भनेपछि यो असह्य भएको जनाए । यसले राम्रो शिक्षा नदिएको र विद्यार्थीलाई कुलत तथा मादक पदार्थ जस्ता नकरात्मक कार्यमा शिक्षा दिन खोजिएको जनाईएको छ ।
उक्त घटना सामाजिक संञ्जालमा यतिवेला फैलिरहेको छ । रक्सी किन्न पठाएपछि स्थानीयहरुले बिरोध गरेको भिडियोमा देखिन्छ । शिक्षकले भने अब बाट यस्तो कार्य नगर्ने जनाईरहेको भिडियामो देखिन्छ भने पटक पटक शिक्षकले यस्तो कार्य गरेको भन्दै माफ नदिन भन्दै स्थानीयहरुले बिरोध गरेको भिडियोमा देख्न सकिन्छ ।
