Saturday, June 20News That Matters

उदयपुरमा सडेको अवस्थामा वेवारीसे लास फेला

पूर्णपुष्टि, असार ९

उदयपुरमा सडेको वेवारीसे लास फेला परेको छ । मंगलबार करिब २ बजेको समयमा जिल्लाको कटारी नगरपालिका–५ सल्हेस जंगलको बाटो देखि अंन्दाजि २० फिट तल भिर पाखामा लास फेला परेको प्रहरीले जनाएको छ ।

रातो सर्ट, कालो कटन पाईन्ट, सेतो सेन्डो भेष्ट, लगाएको हुलिया भएको पुरुष शव सडिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार लास सडी गली किरा औसा परी हाडहरु छरिएको अबस्थामा स्थानियबासीले फेला पारेको जनाएको छ ।

स्थानीयहरुले देखेर प्रहरीलाई खबर गरेपछि  तत्काल ईलाका प्रहरी कार्यालय कटारी  प्राप्त खबर अनुसार कटारीबाट प्रहरी निरिक्षक सहितको प्रहरी

टोली खटि गई कानुनि प्रकृया तथा थप अनुसन्धान गरी कटारी अस्पतालमा पोष्टमार्टम पश्चात बुधवार  कटारी नगरपालिकाले दाहस्सकारको लागि लगेको छ ।