Saturday, June 20News That Matters

कटारीको गिद्धेबर देखि गुम्वा सम्म ५ किलोमिटर सडक कालोपत्रेको लागि काम अघि बढ्यो

आशि वस्नेत 

पूर्णपुष्टि, असार ९

कटारी / सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी २ को गिद्धबरदेखि कटारी ३ को गुम्बाडाँडासम्म ५ किलोमिटर सडक कालोपत्रे गरिने भएको छ । कालोपत्रे कामकै लागि सडक आसपास सडकको माटो मिलाउने कामहरु सुरु गरिएको छ । सडक डिभिजन कार्यालय सिरहा लहानबाट प्राप्त भ्याट सहित ५ करोड ३० लाखको लागतमा आईएस एनबी विल्डर्स प्रालि  ज्वाईन्ट भेन्चर वल्र्डवाईडले ३६ मिटर ड्रेन सहितको सडक कालोपत्रेको काम सुरु गरेको हो ।गएको जेठ १५ देखि एकवर्ष सम्ममा काम सक्नुपर्ने ठेकेदार कम्पनीका साईड ईन्चार्ज मनोहर पासवानले बताए । सडकको काम अन्र्तगत सबवेसको कामसँगै सडक लेभल गर्ने काम भईरहेको पनि  पासवानले बताए । एकवर्ष भित्रमा सक्नुपर्ने काम समय अगावै  सक्ने गरी कामलाई तिव्रता दिईएको पासवानको भनाई छ ।लामो समयदेखि सिद्धिचरण राजमार्ग जीर्ण अवस्थामा रहेको छ । सिरहाको मिर्चैयादेखि कटारी –घुर्मीसम्म सडकखण्ड जीर्ण अवस्थामा रहेकाले आउजाउ गर्नै समस्या रहेको छ । सडक खण्डको वीच वीचमा भने कामहरु भईरहेका छन् । सडक पिच भएपछि यात्रुहरुलाई निकै सहज हुने र त्यहाँका स्थानीयहरुलाई सुविधाको महसुस हुने स्थानीयहरुको भनाई छ ।