
पूर्णपुष्टि, बैशाख १
उदयपुरमा १५ सय देखी १७ सय सम्म पैसा दिँदै सफ्टवेर बाट नेपाली पासपोर्ट दर्ता गराउँदै हिड्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले कस्तो पार्सपोर्ट कुन सफ्टवेरमा दर्ता गरेको र किन गरेको हो भन्ने बिषयमा अनुसन्धान गर्न पक्राउ गरीएको जनाएको छ ।
त्रियुगा नगरपालिका ६ मोहनपुरका अन्दाजी ३० बर्षिय जिवन कुमार गुराई र त्रियुगा नगरपालिका १० बोक्से गरमगाछीका २४ बर्षिय मनोज राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पासपोर्ट बिषयमा अनुसन्धान गर्न आईतवार पक्राउ गरेको जनाएको छ ।

उनिहरुले गाईघाट लगायतका स्थानीय युवाहरुलाई नेपाली पासपोर्ट मागि उक्त पासपोर्ट के कुन सफ्टवेयरमा ईन्ट्री गरे पछि पासपोर्ट फिर्ता दिई नगद रू पन्ध्र देखि १७ सय सम्म उल्टै पैसा दिने गरेको प्रहरीले जनाएको छ । । स्थानीय युवाहरुका अनुसार २ हजार सम्म दिएर पासपोर्ट दर्ता गराउँदै आएको जनाएको छ । सुरुमा करमगाछीमा २ हजार सम्म दिएर पासपोर्ट दर्ता गराएको र पछि १५ सय देखी १७ सम्म दिएर दर्ता गराउँदै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए । उनिहरुलाई यस बिषयमा गहिरो अध्यान गरिरहेको श्रेष्ठले जनाए ।
