
उदयपुर, असोज २७ ।
समाजवादी मोर्चा नेपाल जिल्ला स्तरीय उदयपुर सन्देश सभा आज त्रियुगा नगरपालिका ३ मोतिगडामा सम्पन्न भयो । नेकपा ९एकिकृत समाजवादी० उदयपुरको संयोजन तथा समाजवादी मोर्चा नेपालको आयोजनामा भएको सभालाई मोर्चा आवद्ध दलहरुका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए । मोर्चाले मिसन २०८४ मात्र नभई दिर्घकालिन सहकार्यको लक्ष लिएको उनीहरुले बताएका थिए ।
