Wednesday, June 17News That Matters

उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि, भदौ ६
उदयपुरमा सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–४ बस्ने ३५ बर्षीय रोहित प्रधान रहेका छन् ।उदयपुर जिल्ला अदालतको मिति २०७५÷०३÷०३ गतेको फैसलाले २४ दिन कैद र रु. २,००० जरिवाना तोकेतापनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिषेश प्रहरी टोलीले आईतबार प्रधानलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रधानलाई फैसला कार्यान्वनयको लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।