Thursday, June 11News That Matters

उदयपुरमा सवारी दुर्घटना : ३ जना घाइते

पूर्णपुष्टि, वैशाख २७ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएम गेटमा सवारी दुर्घटना हुदा तीन जना घाइते भएका छन् । मंगलवार ७ः४० बजे प्रदेश नं. १०५–०० प ७०११ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिँएको छ । दुर्घटनामा परी सोही ठाउँका दुर्गा मन्दिर बस्ने ३० वर्षीय हसिना खातुन, स्कुटर चालक त्रियुगा नगरपालिका–७ चुवाडेका २१ वर्षीय नारायण दाहाल र त्रियुगा नगरपालिका–३ मोतिगडाका १९ वर्षीय राजु बुढाथोकी घाइते भएका हुन् ।
दुर्घटनामा पैदल यात्री खातुन गम्भिर घाइते भएकाले उनको जिल्ला अस्पताल उदयपुरमा उपचारपछि थप उपचारको लागि बिराटनगर रेफर गरिएको छ । स्कुटर चालक र सवार दवैको हातखुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको छ ।
स्कुटर र चालक जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रमा रहेको छ ।