Sunday, May 3News That Matters

उदयपुरमा सशस्त्र प्रहरीले ग¥यो रक्तदान

पूर्णपुष्टि, माघ ९ । उदयपुरमा सशस्त्र प्रहरीले २३ औं सशस्त्र प्रहरी दिवसको पुर्वसन्ध्यामा रक्तदान गरेका छ । सोमबार सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटरले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अनुरुप २१ जनाले रक्तदान गरेका हुन् ।

संगठनले बर्षेनी आफ्नो स्थापना दिवस मनाउनेक्रममा रक्तदानसँगै अन्य खेलकुद र सामाजिक गतिबिधि सञ्चालन गर्दै आएको कार्यालय प्रमुख एसपी अशोककुमार शाक्यले जानकारी दिए ।

एसपी शाक्यका अनुसार दिवसको अवसरमा मंगलबार सप्ताहाव्यापी कार्यक्रम अन्तर्गत भएका सबै प्रतियोगिता विजेतालाई पुरस्कृति गरिने छ । रगतको अभावमा कोहि पनि विरामीको ज्यान नजाओस भन्ने हेतुले संगठनले विगत बर्षमा झै रक्तदान कार्यक्रम गर्दै आएको एसपी शाक्यले बताए । नेपाल रेडक्रस सोसाईटी र स्वास्थ्य कार्यालय उदयपुरको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम संचालन गरिएको थियो भने प्रहरी नायव उपरीक्षक डिएसपी होमनाथ भट्टराईले पहिलो रगतदान गरेका थिए ।