Tuesday, June 9News That Matters

उदयपुरमा सांसद नारायण बुर्जा मगरद्धारा दुई झोलुङ्गे पुलको उद्घाटन

पूर्णपुष्टि, भदौ १०
उदयपुरमा दुई झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । दुई पालिकामा निर्माण झोलुङ्गेपुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढी तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ ।४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा अँधेरीखोला झोलुङ्गेपुल र ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा पुवारेधाप झोलुङ्गेपुल निर्माण सम्पन्न भएको हो । ६२ मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाइको अँधेरीखोला झोलुङ्गेपुल रौतामाई गाउँपालिका–७ र ७० मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाईको पुवारेधाप झोलुङ्गेपुल उदयपुरगढी गाउँपालिका–७ मा निर्माण भएको हो ।दुबै पुल १ नं. प्रदेश सरकारको लगानीमा उपभोक्ता समिति मार्फत बनेको हो । दुवै पुलको उद्घाटन प्रदेश नं. १ का सांसद नारायण बुर्जा मगरले गरे ।