
पूर्णपुष्टि, बैशाख १४ ।
उदयपुरमा सार्वजनिक अपराध र कुटपिट मुद्धाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ चप्पन बस्ने सरोज वि.क. र त्रिनपा–१० बस्ने बिकास मगराती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार जिल्ला अदालतको मिति २०७२÷११÷१० गतेको फैसलाले वि.क. लाई सार्वजनिक अपराध मुद्धामा ५ हजार रुपैँया जरिवाना र २०६९÷२÷३१ गतेको फैसलाले मगरातीलाई गाली बेईज्जती र कुटपिट मुद्धामा १ हजार रुपैँया जरिवाना तोकेको थियो । उनिहरुलाई विहिबार जिप्रका बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चापागाईले बताए । पक्राउ परेका उनिहरुलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।
