उदयपुरमा सुनसफा गर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ, सफा गरेको १ तोला सुनमा आदितोला ठगी, सतर्क रहन प्रहरीको आग्रह

पूर्णपुष्टि, कार्तिक १४
उदयपुरमा सुन ठगी गर्नेको बिगबिगि रहेको पाइएको छ । सुन सफा गर्ने नाउमा ठगी गर्दै हिडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार सहरसका ४५ बर्षिय अरुण साह र भारत बिहारकै ३० बर्षिय हरिराम साहलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले बिभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुन घटाएर सफा गरेको पाइएको छ । त्रियुगा नगरपालिका ४ बगाहामा तारा बहादुर राईको छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आदितोला बनाएर फिर्ता गरेको प्रहरीले जनाएको छ ।

बिभिन्न प्रलोभनमा पारी कमलाई राईले लगाईरहेको सुनको १ तोला सिक्रिलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनु पर्छ भनि झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पिडितले जनाएको छ । सफा गरी फिर्ता गरेको सुन पहिलाका भन्दा कम परिणामको देखिए पछि पिडितलाई संका लागि तोल गर्दा आदि तोला मात्र फिर्ता भएपछि प्रहरीमा पिडितले उजुरी गरेको थियो । पिडितको उजुरीका आधार उनिहरुलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिाए ।
उनिहरुको साथ बाट झोलामा बोकेको पिताम्वर, सुन सफ ागर्ने सामाग्रीहरु, एसिड, मट्टितेल र सुनका स–साना टुक्राहरु समेत फेला पारेको डिएसपी गौतमले जानकारी दिए ।

उनिहरुले अन्य व्यक्तिहरुलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालत बाट दस दिनको म्याथ थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरुमा सुन सफा गर्नेहरु सँग सचेत रहन समेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0