Thursday, June 18News That Matters

उदयपुरमा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न

पूर्णपुष्टि,चैत्र १२ । उदयपरमा प्रगतिशील लेखक सङ्घ नेपालद्धारा स्रष्टा सम्मान र रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सङ्घले शनिवार एक कार्यक्रमको आयोजना गरी स्रष्टा टङ्क बहादुर आले मगरलाई सम्मान गरेको हो ।

नेपाली भाषा साहित्य कला संस्कृतिमा स्रष्टा आलेले गरेको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । इलाका तीन थान कृति प्रकाशित छन भने अमूर्त चित्रकलमा लामो समयदेखि कलम कुची चलाउँदै आएका छन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रलेस नेपालका केन्द्रीय सदस्य बोध कुमार घिमिरेले स्रष्टालाई सम्मान गर्ने कार्यले निरन्तरता पाउनु पर्ने बताउँनु भयो । हाम्रो नोपली समाजमा लुकेर बसेका प्रतिभा पहिचान गरी बाहिर ल्याउनु पर्ने कुरामा जोड दिदै मार्क्सवादी चिन्तनका साहित्यकारहरू समाजमा छन् तर पछाडि परेको अवस्था रहेको बताउनु भयो ।

कार्यक्रमको अवसरमा निरज कोइराला, पुन्य कार्की, उद्वव घिमिरे, कुमार कोइराला, माधव पोखरेल गोज्याङ्ग्रे,सम्झना राई असफल,डाड्डकैलाश कुमार राई, सम्मानित स्रष्टा टङ्क बहादुर आले मगर,बोध कुमार घिमिरे, चन्द्रनारायण चौधरी, निर्मला पुरी, सरिता पौडेल गुरागाईं, खिला घिमिरे बुइपाखिरी,श्याम कणर् राई, पावल पन्थ राई, फडिन्द्र बि क, अनिल घिमिरे सिमा मास्के लगायतकाले आ आफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमलाई अनिल घिमिरे र सरिता पौडेल गुरागाईंले सहजिकरण गरेका थिए ।