
पूर्णपुष्टि, असार १०
जिल्लाको सरकारी अस्पताल उदयपुर अस्पतालले हार्निया तथा हाईड्रोशिलको दुईदिने निशुल्क शल्यक्रिया शिविर आजबाट शुरु गरेको छ । आज र भोली अषार ११ गते सम्म चल्ने शिविरको नेतृत्व डा. रविन्द्र तामाङ र कन्सलटेन्ट सर्जनले गरेका थिए ।
आजको शिविरमा ५ जना हर्निया र २ जना हाईड्रोशिलका विरामीको सफलता पुर्वक शल्यक्रिया सम्पन्न गरिएको छ । अस्पतालले यस्तो किसिमको शिविर सञ्चालन गरेर बिरामीको विश्वास जित्ने प्रयास गरेको शिविर संयोजक सुरेश कुमार पाण्डेले बताएका छन ।
