Wednesday, May 20News That Matters

उदयपुरमा हार्निया तथा हाईड्रोशिलको शिविर सम्पन्न

पूर्णपुष्टि, अषार ११
जिल्ला अस्पताल उदयपुरको आयोजनामा भएको दुईदिने हिर्निया तथा हाईड्रोशिलको शिविर सम्पन्न भएको छ । हिजै अषार १० गतेदेखी शुरु भएको शिविरमा ६ जनाको हार्निया र ६ जनाको हाईड्रोशिल बिरामीको अप्रेशन गरिएको छ ।

डा. रविन्द्र तामाङ (कसन्टेन्ट सर्जन) को नेतृत्वमा भएको निशुल्क शिविरमा एनेस्थेसेयोलोजिष्ट डा. कौशल तामाङ, एमडिजिपि डा. अमरेन्द्र कुमार महत्तो, नर्सिङ्ग इन्चार्ज छवित्रा राई, नर्स निर्मला पाण्डे र रत्न कुमारी राई लगायतको टिम अप्रेशनमा सरिक भएको थियो ।
उक्त शिविरको कार्यक्रम संयोजक सुरेश कुमार पाण्डे रहेका थिए । अस्पतालले आफ्नो नियमित कार्यक्रम अन्तर्गत शिविर चलाएको निमित्त सुपरिडेन्टेट डा. मुकेश कुमार झा ले बताएका छन । जिल्लमै जटिल प्रकृतिको हर्निया तथा हाईड्रोशिलको अप्रेशन निशुल्क गर्न पाएको भन्दै सेवाग्राहीले खुशी व्यक्त गरेका छन ।