Tuesday, June 9News That Matters

उदयपुरमा १४ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३२७ पुग्यो

पूर्णपुष्टि, भदौ ४

उदयपुरमा आज (शुक्रबार) थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ८ पुरुष र ५ महिला गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३२७ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा १ पुरुष र ३ महिला गरी ४ जना, बेलकामा ३ जना पुरुष, चौदण्डीगढीमा २ पुरुष र १ महिला गरी ३ जना, कटारीमा १ जना महिला र लिम्चुङबुङमा २ जना पुरुषमा संक्रमण देखिएको हो ।

जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ६४७ पुरुष र १ हजार ४०२ महिला गरी ३ हजार ४९ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको  छ । जिल्लामा सक्रिय संक्रमित १२५ पुरुष र १०१ महिला गरी २२६ जना पुगेका छन् । कोरोनाबाट उदयपुरमा ३६ पुरुष र १६ महिला गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।