Tuesday, June 9News That Matters

नेपाल आईडल सिजन ४ मा नयाँ निर्णयक

पूर्णपुष्टि, भदौ ३

नेपाल आईडल सिजन ४ ले नयाँ जर्ज फेरेको छ । पहिलेका तिनै जना पुरानो निर्णयको ठाउँमा नयाँ निर्णयक राखेका छन् । नयाँ निर्णयकहरुमा गायक एवम् वरिष्ट संगितकार सम्भुजित बास्कोटा, गायक सुगम पोखरेल र गायीका सुबानी मोक्तान रहेको छ ।

पुराना निर्णयक न्यु बर्जाचार्य, कालिप्रसाद बास्कोटा र इन्दीरा जोसीको ठाउँमा यी तिन नयाँ निर्णयकहरु राखिएको हो ।

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बाँस्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको बताए।उनले नेपाल आइडल परिवारको सदस्य हुन पाएकोमा खुसी व्यक्त गरे। गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुसी भएको बताइन् ।

उनले भनिन्, ‘नेपाल आइडलमा आउँछु भन्ने थियो, जुर्दो रहेछ, हिजो पनि नेपाल आइडल राम्रोसँग सञ्चालन भएको थियो, हिजोका जजहरूले राम्रो काम गर्नुभएको छ, व्यवस्थापनले पनि राम्रो किसिमको माहोल क्रिएट गरिदिएको छ, नेपाल आइडल परिवारको सदस्य भएर काम गर्न पाउँदा खुसी छु । ढिलै भए पनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुसी लागेको कलाकारहरूले बताएका छन् ।

नेपाल आइडल सिजन ४ मा तीन जना निर्णायकसहित टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि जोडिएकी छन् । सिजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सिजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो ।

चौथो संस्करणको गायन रियालिटी शो ‘नेपाल आइडल’ को डिजिटल अडिसन शुरू भइसकेको छ।‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलका अनुसार भदौ १ गतेदेखि सुरू भएको डिजिटल अडिसन भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।