Tuesday, June 9News That Matters

नेपालमा थप ३,०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु

पूर्णपुष्टि, भदौ ४

वितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ जना पुगेको छ ।

वितेको २४ घण्टामा २ हजार २४४ जना निको भएसँगै कोरोना मुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, वितेको २४ घण्टामा थप २६ जना संक्रमितको ज्यान गएसँगै कोरोनबाट ज्यान गुमाउनेको संख्या १० हजार ४५५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ३६ हजार ९२२ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, संस्थागत आइसोलेसनमा ३ हजार ३८७ जनामध्ये ७१४ जनाको आईसीयू र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।