Tuesday, June 9News That Matters

झापामा जथाभावी भिडियो खिचेको आरोपमा ३ युट्युवर पक्राउ

पूर्णपुष्टि, भदौ ३

होटलमा खाजा खाईरहेको अवस्थामा भिडियो खिचेर युट्युवमा लगाउने ३ जना युट्युवरलाई प्रहरीले पक्राउ गरेको छ ।

खाजा खान बसेका व्यक्तिको भिडियो खिचेर ‘बिर्तामोड काण्ड’ भनी युट्युब लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने ३ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । चरित्र हत्या गरेको भन्दै युट्युबरविरुद्ध प्रहरीमा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।पीडितले बिर्तामोडको होटल जंगल भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल सञ्चालक सुवास कार्की, युट्युबरहरु खगेन्द्र घिमिरे र भाष्कर श्रेष्ठ तथा सामाजिक सञ्जालमा भिडियो अपलोड गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईं पोखरेल गरी ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दर्ता गराएका थिए ।मंगलबार राति बिर्तामोडको सिमाना होटलको कोठाभित्र बसेर खाजा खाइरहेका दुई महिला र एक पुरुषको भिडियो खिचेर सार्वजनिक गरिएको थियो ।

पक्राउ परेका सबैलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए ।