
पूर्णपुष्टि, १५
उदयपुरमा एक १४ वर्षीया किशोरी करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय कटारीले एक जना युवकलाई पक्राउ गरेको जनाएको छ । ताप्ली गाउँपालिका–२ लेखगाउँका ३२ वर्षीय राकेश राईलाई प्रहरीले करणी अभियोगमा पक्राउ गरेको हो ।
राईमाथि १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । पक्राउ परका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
त्यस्तै, करणी अभियोगमै ओखलढुंगाका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धिचरण नगरपालिका–११ बस्ने २९ वर्षीय यौवन ताम्राकारले २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका ताम्राकारमाथि थप अनुसनधान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
