Saturday, June 20News That Matters

सुनचाँदीको भाउ ओरालो लाग्दै

पूर्णपुष्टि, भदौ १५

सुनको भाउ आज ओरालो लागेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।