Sunday, May 3News That Matters

उदयपुरमा १५ संक्रमित थपिए, १ जनाको मृत्यु

पूर्णपुष्टि, असार २३ 

उदयपुरमा आज (बुधबार) थप १५ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ५ पुरुष गरी १५ जनामा संक्रण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको हो ।

आज थप १ जना संक्रमित महिलाको कोरोनाबाट ज्यान गएको छ । उक्त महिलाको उमेर र स्थान स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको हो ।

आज थपिएको संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका साथै लिम्चुङबुङ गाँउ पालिकाका रहेका छन् । चौदण्डीगढीमा ५ महिला र १ पुरुष गरी ६ जना, त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, कटारीमा १ पुरुष र लिम्चुङबुङमा ३ महिला र १ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

जिल्लामा कोरोना मुक्त हुनेको संख्या ९ सय ४२ महिला र १ हजार १ सय ३३ गरी जम्मा २ हजार ७५ पुगेको छ । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १ सय ७२ महिला र १ सय ५९ पुरुष गरी ३ सय ३१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।