Sunday, May 3News That Matters

जिल्ला अस्पताल उदयपुरमा भोलीबाट दोस्रो मात्राको खोप लगाईने

पूर्णपुष्टि, असार २३ 

जिल्ला अस्पताल गाईघाट उदयपुरमा भोलीबाट कोरोना विरुद्धको दोस्रो मात्राकोे भेरोसेल खोप लगाइने छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भोलीदेखी २७ गने सम्म दोस्रो मात्राको भेरोसेल खोप लगाउन लागिएको हो ।

६० देखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरीकलाई असार २४, २५ र २६ गते सम्म जिल्ला अस्पतालमा खोप लागाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाख सुवेदीले बताउनु भयो । उहाका अनुसार पहिलो मात्रा लगाएका अन्य वर्गका समुहलाई असार २७ गते दोस्रो मात्राको खोप लागाइने छ ।

जिल्लामा भेरोसीलको पहिलो मात्रा ५ हजार ४० जनालाई लगाइएकोमा दोस्रो मात्राको लागि  पुन सोही ५ हजार ४० डोज खोप उपलब्ध भएकोले पहिलो मात्रा खोप लगाएको खोपकार्डसहित दोस्रो मात्राको खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ ।

यस पटन खोप लगाउँदा कुनै पनि नयाँ व्यक्ति समावेश नगराउने स्वास्थ्य कार्यालयले जनाएको छ ।