Thursday, June 11News That Matters

उदयपुरमा १८ बहिनी अगाडी मोटरसाईकल दुर्घटना : १ को मृत्यु, १ गम्भिर

पूर्णपुष्टि, वैशाख २६ गते ।
उदयपुरको त्रियुगा नगरपालिका–३ को १८ बाहिनी गेट अगाडी मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको छ । आईतवार राति ८.२० बजे मोटरसाईकल दुर्घटना हुँदा सवार एकको मृत्यु भएको छ, भने चालक गम्भिर घाईते भएका छन् । त्रियुगा नगरपालिका–१ पूर्व टोल जोगिदह बस्ने २५ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको हो, भने सोही ठाउँका १७ वर्षीय अभिषेक चौधरी घाईते भएका हुन् ।
मोतिगडाबाट जोगिदह तर्फ जादैँ गरेको प्रदेश १–०५–००१ प ४४६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा चालक अभिषेक र सवार भुपेन्द्र गम्भिर घाईते भएका थिए । घाईते दुवैको उपचारको लागि जिल्ला हस्पिटल गाईघाट लगिएकोमा अस्पतालले भूपेन्द्रलाई मृत घोषित गरेको हो । अभिषेकको अवस्था गम्भिर रहेकोले अस्पतालले उनलाई रेफर गरि बिराटनगर पठाएको छ ।