Tuesday, April 21News That Matters

उदयपुरमा ३० केजि बढी गाँजा सहित एक महिला पक्राउ

पूर्णपुष्टि, साउन ८ । उदयपुरको कटारी नगरपालिका–८ बबला स्थितबाट ३० केजि भन्दा बढी लागुऔषध गाँजा सहित एक स्थानिय महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोहि स्थान बस्ने ४५ बर्षीया देव कुमारी थापा मगर रहेकी छिन् ।

जिल्ला प्रहरी कार्याल्य उदयपुरका अनुसार बुधबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय बटारीबाट खटिएको प्रहरी टोलीले मगरलाई आफ्नै घरमा भण्डारण गरी राखेको ३० के.जि.३६० ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेकी मगरलाई ईलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।