
पूर्णपुष्टि, असोज १५
उदयपुरको चौदण्डीगढी नगरपालिका ६ द्धारखोला जंगलमा एक महिला माथी जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ गरेको छ ।
५९ बर्षिया महिला नाम परिवर्तन (माया) लाई सोहि वडाका ३० बर्षिय मुकेश बिकले जबरजस्ती करणी गरेको भन्दै बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमका अनुसार जंगलमा आफुलाई जवरजस्ती करणी गरेको भन्दै पिडितले शुक्रबार ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिने साथ उनलाई पक्राउ गरिएको जनाएको छ । बिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि जवरजस्ती करणी मुद्धामा उदयपुर जिल्ला अदालतमा जिम्मा दिइएको गौतमले बताए ।
