
पूर्णपुष्टि, असोज २७ गते ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा आज (बिहिवार) ६४ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको कार्यालय प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फूयालको प्रमुृख आतित्थ्यतामा २९ जनाले रक्तदान गरि सो कार्याक्रम समापन भएको हो ।
नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोगमा जिप्रका उदयपुर तथा मातहत कार्यरत प्रहरी कर्मचारी–२३ जना, सप्रवल नेपाल नं. ५ हेक्वा उदयपुर (सशस्त्र) प्रहरी जम्मा–५ जना र सर्वसाधारण–१ गरी जम्मा २९ ले रक्तदान गरेका थिए ।
