Saturday, June 27News That Matters

उदयपुरमा ६ हजार ४७७ विद्यार्थी एसईईमा सहभागी

पूर्णपुष्टि, बैशाख ९
करिब २ बर्ष पछि भौतिक उपस्थितिमै भएको एसईई परिक्षा यो बर्ष भने विद्यालयहरुमा भैरहेको छ । ७७ र ७८ सालाको परिक्षालाई कोरोनाले असर पारेपछि विद्यार्थीहरुको अनुपस्थितिमै बिभिन्न आधार तथा विधि प्रयोग गरी अंक चढाएर उतिर्ण गराईएको थियो । एसईई शुक्रबार देखी देशैभर संञ्चालनमा आए सँगै उदयपुरमा पनि शान्त वातावरणले सुरु भएको छ ।

उदपुरमा यस बर्ष रेगुलर तर्फ ६ हजार ४७७ जना विद्यार्थीहरुले एसईईमा सहभागी जनाएको छ भने ग्रेड बृद्धि तर्फ १२९ जना सहभागी छन् । यस मध्ये रेगुलर तर्फ ३०४४ छात्र र ३४३३ छात्राहरु सहभागी रहेको शिक्षा विकास तथा समन्वय समिति ईकाई उदयपुरका प्रमुख बावुराम पोखरेलले जानकारी दिए ।

पोखरेललका अनुसार एसईईका लागि सम्पूर्ण मापदण्ड अनुसारको व्यवस्थापन भई परिक्षा सुरु गरिएको जानकारी दिए । जिल्लामा करिब २५ ओटा केन्द्र र ४२ ओटा साहायक केन्द्रहरु रहेको छ भने ६३ जना परिक्षा सहायकहरु खटाईएको पोखरेलले जानकारी गराए । यता ३१८ परिक्षा निरिक्षकहरु र १२८ जना कार्यालय सहयोगहरु समेत खटाईएको छ भने आवश्यक संख्यामा सुरक्षाकर्मीहरु समेत खटाईएकको पोखरेले जानकारी दिए । त्रियुगा नमुना माध्यामिक विद्यालय गाईघाटका सुपटेन्ट सुवास बिष्टले शान्तमय वातावरणमा पपिरक्षा संञ्चालन भएको जनाएको छ । करिब १० ओटा विद्यालयहरुको केन्द्र रहेको त्रिमाविमा सहज र सरल तरिकाले परिक्षा संञ्चालन भैरहेको जनाए ।