Monday, May 4News That Matters

उदयपुरमा ७ जना किशोरीलाई स्टेसनरी सामाग्री बितरण

पूर्णपुष्टि,असार २० । ‘समानता, समाबेशी र मानबअधिकारका लागि हाम्रो अभियान’ भन्ने मुलनाराको साथ उदयपुरको गाईघाटमा पहिलोपटक महिनावारी भएका किशोरीहरुलाई स्टेसनरी सामाग्री बितरण गरिएको छ । मंगलवार त्रियुगा नगरपालिकाको आयोजना होटल एवनमा भएको एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिलोपटक महिनावारी भएका ७ किशोरीहरुलाई हट ब्याग, स्टेशनरी सामग्री बितरण गरी सम्मान गर्नु भएको हो ।

नगरपालिकाको सहयोग, मुलधार महिला सेवा समाज (मासबेस) उदयपुरको आयोजनामा भएको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले महिनावारी प्राकृतिक भएको र महिनावारी सुरु संगै महिलालाई मात्र प्रकृतिले सन्तान जन्माउन सक्ने क्षमता प्रदान गरेको छ यस्मा सबैले गर्व गर्नुपर्ने बताए । “महिनावारी भएको बेला महिलालाई भेदभाब गर्नु हुदैन। पहिलोपटक महिनावारी भएका किशोरीलाई सम्मान कार्यक्रमले महिनावारी प्रति समाजको सकारात्मक धारणा बढाउन सहयोग गर्ने छ । यस्ता जनचेतना कार्यक्रम उदयपुरका दुर्गम क्षेत्रमा समेत बिस्तार गर्नु पर्छ” प्र.जि.अ. गौतमले जनाए ।

कार्यक्रमलाई सहजिकरण गर्दै उदयपुर जिल्ला अस्पतालका डाक्टर निर्मला चौधरीले महिनावारी सुरुवात हुदै किशोरीलाई आफुले गर्नु पर्ने सरसफाइको साथै महिनावारीप्रति नकारात्मक धारणा, भ्रमहरु समयमै पहिचान गर्न सके समाजमा महिलाको पाठेघर सुरक्षित हुने बताईन् । उनले किशोरीको पहिलो महिनावारी सुरक्षित र खुशी बनाउन परिबारको समेत ठुलो भुमिका रहनेमा जोड दिइन् । त्रियुगा नगरपालिकालाई लैङगिक मैत्री बनाउन, हरेक घर हरेक पालिकामा साहसी बालिका बनाउन आवश्यक रहेको जनाइन् ।

बालबालिका, किशोरी लक्षित कार्यक्रम गर्न लागिएको आयोजक मासबेस उदयपुरका अध्यक्ष नजबुल खान निलमले बताइन् । यस्तै कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाल, मासबेसका सल्लाहकार ललित साहले गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालिकाका सामाजिक शाखा प्रमुख, राजकुमार खड्का, पुर्व वडा अध्यक्ष पसुपति चौधरी लगायतको उपस्थिति रहेको थियो ।