Saturday, April 25News That Matters

उदयपुरमा ९ के.जी. गाँजा सहित एक जना पक्राउ

पूर्णपुष्टि, साउन २२ । उदयपुरको बेलका नगरपालिका–१ आमबासी स्थितबाट ९ के.जी. लागुऔषध गाजाँ सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका–३ मोरङ्गे टोल बस्ने ३५ बर्षीय शुनिल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो साढेँ १ बजेको समयमा प्रहरी बिट आम्बासीबाट चेकिङमा खटिएको प्रहरी टोलीले रामपुर ठोक्सिलाबाट सप्तरीको फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प ९४७८ नं. को मोटरसाईकल चेकजाँच गर्ने क्रममा चालक श्रेष्ठले झोलामा लुकाई छिपाई ल्याउदै गरेको गाजाँ बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै चालक सहित सवारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।