उदयपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट निर्माण, विरामी कक्षसम्म पाईपलाईनबाटै अक्सिजन, दैनिक १५ सिलिण्डर भण्डारण

पूर्णपुष्टि (उदयपुर) पुस ११
उदयपुर जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछि आप्mनो लागि आवश्यक अक्सिजन आफै उत्पादन गर्नसक्ने भएको छ । अव अस्पतालले अक्सिजनका लागि बाहिर कुदिहिड्नु पर्ने बाध्यता टरेको छ । अस्पतालले एकमहिना अघि अक्सिजन प्लान्ट निर्माण गरेपछि यो बाध्यता टरेको हो ।

अस्पतालका डा. जीवनारायण मण्डलका अनुसार अस्पताल आफैले अक्सिजन प्लान्ट निर्माण गरेको छ । विरामी कक्षमा पाईपलाईन विस्तारसहितको अक्सिजन प्लान्ट निर्माण भएको हो । उपचारकक्षमा पाईपलाईनबाटै आवश्यकता अनुसार अक्सिन पुगेको छ । योसंगै छुट्टै अक्सिजन शिलिण्डरहरु भर्न मिल्छ । प्लान्टमा दैनिक १५ वटा सिलिण्डर भरेर भण्डारण गरिदै आएको छ । हाल ५५ शिलिण्डर ठुलो र १२ वटा साना शिलिण्डर भरेर भण्डारण गरिएका छन् ।

प्लान्टबाट विरामी कक्षमा सिधै गएको अक्सिजन पाईपलाईन विद्युतका कारण बन्द भएमा तत्कालै सिलिण्डर जोडेर सुचारु गर्न सकिने ब्यवस्था पनि मिलाइएको छ । हाल विरामी कमी रहेकोले अक्सिजन खपत कमी छ । दैनिक एक÷दुई शिलिण्डरसम्म मात्र खपत हुने गरेको छ ।

कोरोना महामारीका बेला अक्सिजन अभावमा छटपटिदै बाहिर जिल्लाहरुमा दौडधुप गर्नुपरेको अवस्थालाई मध्येनजर गर्दै प्रदेश सरकारले करिब ७६ लाख लागतमा अक्सिजन प्लान्ट निर्माण भएको डा. मण्डलले बताउनुभयो । अस्पताल परिसरमै प्लान्ट निर्माण गरिएको छ ।

अक्सिजन प्लाण्ट निर्माणले सो अस्पतालमा भेण्टिलेटरसहितको दुईओटा आइसियु कक्ष चलाउन सक्ने भएको छ । अक्सिजन र दक्ष जनशक्तिको अभावका कारण भेण्टिलेटर मेसिन भएर पनि बन्द अवस्थामा थियो । अव भने दुबैको ब्यवस्था भएकोले सञ्चालनमा आउने जनाइएको छ । अस्पतालले दक्ष जनशक्तिको रुपमा एमविविएस तथा विशेषज्ञ डाक्टर, मेसिन, औजारहरुको ब्यवस्था मिलाएको जनाएको छ । पाठेघरको अप्रेशण, हड्डीको अप्रेशन लगायतका सेवाहरु छिट्टै सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0