Thursday, August 6News That Matters

उदयपुर अस्पतालमा जनशक्ति र प्रविधिको पहुँच सँगै सेवामा सहज, थप उपचारहरुको विस्तार

पूर्णपुष्टि, मंसिर १५
जिल्ला अस्पताल उदयपुरमा केहि सेवाहरुमा सहज हुँदै आएको छ । बिभिन्न अभावका कारण उपचारको सेवामा सास्ती भोगिरहेको उक्त अस्पतालले पछिल्लो समय भने सेवालाई प्रभावकारी बनाउन तर्फ लागेको हो । दक्षजनशक्ति र प्रविधिहरुको अभावले चुस्त दुरुस्त उपचारमा चुक्दै आएका यस अस्पतालमा अहिले भने एकपछि अर्को गर्दै प्रविधिहरुमा पनि पहुँच पुग्दै गएको अवस्था छ । बिभिन्न प्रकारका बिरामीहरु अनुसार बिषेशज्ञ डाक्टरहरु थपिँदै जाँदा सेवामा सहज हुनुका साथै उपचारको क्षेत्रहरु पनि थपिँदै गएको हो । यस अस्पतालमा इमोर्जेन्सी सेवा, हार्डजोर्नि, र आवश्यक सामान्य उपचारको सेवाहरु उपलब्ध थिए । साथै डेन्टल, प्रसुती सेवा, पाठेघर अप्रेसन, शल्यक्रियाद्धारा प्रसुति सेवा जस्ता सेवाहरु संञ्चालनमै थिए । अहिले अस्पतालले बाल रोग र रेडियोलोजिष्ट सेवा सेमत थपेको छ । उक्त सेवाहरु थपिए सँगै अस्पतालको उपचामा सेवाहरु बृद्धि हुँदै गएको हो ।

सामान्य अवस्थाले संञ्चालनमा रहेको बाल रोग अब भने बिषेशज्ञ डाक्टरद्धारा उपचार हने हस्पिटलले जनाएको छ । यता रेडियोलोजिष्टमा पनि बिषेशज्ञ डाक्टर नविन चौधरीको आगमन भएको हस्पिटलका तथ्याङ् शाखा मेडिकल रेकर्ड सुपरभाईजर सुरेस पाण्डेले जनाए । पाण्डेका अनुसार उपचारका लागि ल्याव टेस्टहरु पनि थप गरिएको जनाएको छ । उनले पछिल्लो समय अस्पतालमा आवश्यक जनशक्ति र प्रविधिहरु थप हुँदै गएको जनाए । डेन्टलमा आरसीटी स्पेशालीटी डा. नारायण चौधरी र गिजा सम्बवन्धि बिषेशज्ञ डा. वेञ्ज श्रेष्ठ रहेका छन् । जिल्लामा अन्य थप सेवा सुचारु सम्बन्धि पनि प्रक्रिया अगाडी बढीरहेको अस्पतालका मे.सु डा. ज्ञानेन्द्र कुमार झाले जानकारी दिए । उनले अब थप सेवाका लागि नवजात शिशु (एसएच सियु) उपचार, सिटि स्क्यान, डायलासिस सेवा र सर्जरी सेवा सुचारु जस्ता महत्वपूर्ण उपचारहरुमा पनि हस्पिटलले सेवा विस्तारको प्रक्रिया अघि बढाएको जनाए । जल्ला अस्पताल उदयपुरमा हाल मे.सु ज्ञानेद्र कुमार झा को नेतृत्वमा हार्डजोर्नी बिषेशज्ञ डा. शशिरञ्जन प्रधान, स्त्री तथा प्रसुतिमा मुकेश कुमार झा, रितेश राज कर्ण, रेडियोलोजिष्ट बिषेशज्ञ डा. नविन चौधरी, बाल रोग बिषेशज्ञ डा. निरज कुमार सिंह र तन्द बिषेशज्ञहरु डा. नारायण चौधरी र वेञ्ज श्रेष्ठ लगायतको जनशक्तिहरु रहेका छन् ।

हार्डजोर्नि तथा नसाको उपचार प्रभावकारी र सफल

२०७८ पौष ९ बाट हार्डजोनी तथा नसा रोगको समेत उपचार सुरु गरिएको यस जिल्लामा पछिल्लो समय हार्डजोर्निको बिरामीहरुले सकरात्मक प्रतिक्रियाहरु दिएका छन् । यस अस्पतालले हाल सम्म हार्डजोर्नी सम्बन्धि २३० भन्दा बढी जटिल शल्यक्रियाहरु गरिसकेको अवस्था छ । यो सँगै हार्डजोर्नी सम्बवन्धी जटिल प्रकारका शल्यक्रियाहरु जिल्लामै सम्बभ हुन थालेको हो । अस्पतालले जटिल सँगै साना तथा मझौला सहित ७ सय भन्दा माथी हार्डजोर्नि बिरामीहरुको सफल उपचार गरिसकेको छ ।

हार्डजोर्नि सम्बन्धी उदयपुर अस्पतालमा उपचारका लागि आएका जटिल बिरामी, जस्को घाँटीको नसा तथा छालामा कचिया छिरेर असर गरेको देखिन्छ ।

यसका लागि बिषेशज्ञ डाक्टर र आवश्यकिय प्रविधिहरुको पहुँचमा उक्त उपचार सफल भएको हो । हार्डजोर्निका बिषेशज्ञ डा. शशिरञ्जन प्रधानले आवश्यक सामाग्रीहरुको पहुँचमा जटिल अवस्थाको विरामीहरुलाई पनि उपचार गर्न सहज भएको जनाए । उनले हाल हार्डजोर्निको उपचार गर्न कुनै समस्या नभएको जनाए । डा. प्रधानले घाँटीको हड्डीमा हँसिया छिरेको जटिल बिरामीलाई समेत आफुले उपचार गरेको अनुभव सुनाए । त्यो उपचार अहिले सम्म सबैभन्दा बढी डराएर गरेको अप्रेसन थियो उनले भने” हार्डजार्नी सम्बन्धी अस्पतालले मेरुदण्डको हड्डी बाँचिएर पक्षघात भएको बिरामी र हिप वोन फ्याक्चर भएकालाई शल्यक्रिया गरी सफल उपचार गरिसकेको जनाको छ ।

हार्डजोर्नीको अर्को जटिल बिरामीको सफल उपचार । तस्विर जिल्ला अस्पताल उदयपुर