पूर्णपुष्टि, मंसिर १६
भोली भव्यताका साथ देश तथा विदेशभर ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईँदैछ । उदयपुरमा पनि यस दिवसलाई भव्य सफल पार्न शुक्रबार गाईघाट स्थित दिप प्रज्वलन गरी कार्यक्रमको पूर्वसन्ध्याको संकेत गरिएको हो । त्रियुगा नगरपालिकाको आयोजना तथा जिल्ला अपाङ्गता संघ उदयपुरको समन्वयमा उक्त कार्यक्रमको अयोजना गरिएको हो । गाईघा स्थित भोली सरोकारवाला निकायहरु सङ्ग अपाङ्गताको सवाल बिषयक अन्तरक्रिया गरी कार्यक्रम मनाईने जिल्ला अपाङ्गता संघ उदयपुरका अध्यक्ष सिता पौड्यलले जनाईन् । दिप प्रजल्वन त्रियुगा नगरपालिकाको कार्यलय प्राङ्गणमा उप प्रमुख महेश्वरी राई सहित कर्मचारी ,अपाङ्गता सम्बन्धि संघ संस्थाका प्रतिनिधि, गै.स.स महासंघका प्रतिनिधि लगायतको उपस्थितिमा गरिएको थियो । भोली संघको आयोजनामा शिक्षक संगठनको हलमा भव्य कार्यक्रम हुने पनि संघकी कोषाध्यक्ष अम्वीका भट्टराईले जनाईन् ।

