
उदयपुर/बैशाख, ११
उदयपुर काठमाण्डौँ सहजीकरण समितिले तत्कालका लागि काठमाण्डौँ बाट उदयपुरका मजदुरलाई घर पठाउन स्थगित गरेको छ । उदयपुर कोरोनोको उच्च जोखिममा परेकाले संवेदनशिलता अपनाउँदै केहि समय सहज नभए सम्म स्थगित गरेको समितिका संयोजक रामवहादुर थापाले बताउनुभयो ।
देशैभर फैलिएको कारोना भाईरसका कारण लगतार १ महिना गरिएको लकडाउनले उदयपुर बाट कमाउने शिलशिलामा काठमाण्डौँ गएका उदयपुरका दैनिक ज्याला मजदुरीहरु खाद्यन्नको अभावमा समस्या परेको थियो । लक डाउन आज खोल्ने भोली खोल्ने भन्दै १ महिना वितिसक्दा पनि निरन्तर बढि रहेकोकाले मजदुरीहरु खानको समस्यामा परेका थिए ।
सरकारले त्यस्ता व्यक्ति तथा परिवारहरुलाई राहत उपलब्ध गराउने भने पनि सम्बन्धित वडाले नागरिकता, भोटर लिष्ट घरबेटीको सिफारीस जस्ता प्रमाण खोज्ने र त्यसको अभावमा राहत नपाउनाले मजदुरहरु भोकै मर्नु पर्ने अवस्था निम्तिएको थियो ।
लकडाउनको पालना नगरौँ रोगको डर पालना गरौँ भोकको डर, यो अवस्थामा काममा गएका उदयपुरका जनताहरु मारमा परेको भन्दै खाद्यन्नमा र घर जान आवश्यकहरुलाई घर पठाउने व्यवस्था लागि उदयपुर काठमाण्डौँ सहजिकरण समिति गरेको थियो ।
समितिले यो भन्दा पहिले खाद्यन्नमा सहजी करण र घर जानेहरुलाई पठाउने व्यवस्थामा सहज गर्दै आएपनि अहिले भने स्थगित गरेको छ । अचान उदयपुर जोखिममा रहेको भन्दै समितिले जिल्ला पठाउन रोक लगाएको हो ।
यो कठिन परिस्थितिमा काठमाडौंमा रहनुहुने साथिहरुलाई सकेसम्म राहतको उचित सहजिकरण हुने र कोही पनि भोकै नरहने कुरामा ढुक्क हुन समितिले अनुरोध गरेको छ ।
समितिले जिल्लामा कोरोना पहिचान तथा रोकथामको लागि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई कामको उच्च मुल्याङकन गर्दै धन्यवाद दिएको छ । साथै जनप्रतिनिधि, राजनैतिक पार्टीकानेता तथा कार्यकर्ता, पत्रकार एवं नागरिक समाजका अगुवाहरुलाइ आर्थिक, भौातिक, नैतिक सहयोगको लागि अनुरोध गर्नुभएको छ ।
समितिले विज्ञाप्ती मार्फत नआत्तिन, नडराउन, सुरक्षित नगर्न र लापर्वाहि नगरी यसको नियन्त्रणमा सबै लाग्न सर्वसाधरण लगाएत सम्बन्धित सबै क्षेत्रहरुलाई अनुरोध गरेको छ ।
