Monday, June 29News That Matters

कोरोना उपचार व्यवस्थापनको लागि जिल्ला अस्पताल उदयपुरमा १ करोड बिनियोजन

उदयपुर/बैशाख, ११

जिल्ला अस्पताल उदयपुरलाई कोरोना उपचार व्यवस्थापन सुधारका लागि प्रदेश सरकारले तत्काल १ करोड बजेट बिनियोजन गरेको १ नं प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताउनु भएको छ । बिहिबार उदयपुरको कोरोना संक्रमित क्षेत्र भुल्के स्थित स्थलगत अनुगमन तथा छलफलमा घिमिरेले यस्तो बताउनुभयो ।

उदयपुर कोरोनाको उच्च जोखिमको अवस्थामा रहेको भन्दै सामान्य उपचारको लागि भएपनि उपचारको व्यवस्थापनमा सहज बनाउन अस्पताल सुधार्नु पर्ने भन्दै बजेट विनियोजन गरेको हो । घिमिरेले २÷४ दिनमै बजेट निकासा हुने प्रतिबद्धता जनाउँदै आवश्यक मापदण्ड अनुसार सामानहरु जुटाई अस्पताल सुधार गर्न अस्पताल व्यवस्थापन समितिलाई अनुरोध गर्नुभएको छ ।

उहाँले प्रदेशको क्षमता अनुसार उदयपुरमा तत्काल स्थायी रुपमा कोरोना अस्पताल निर्माण गर्न नसकिय पनि यसलाई अस्थायी रुपमा सुधार गरी रोक छेक र नियन्त्रण्मा लाग्दै गर्न अनुरोध गर्नुभयो । प्रदेश सरकारले उदयपुरको यो अवस्थालाई घम्भिर रुपमा ध्यानकर्षण गर्दै आएको बताउँदै पूर्ण रुपमा सामाग्रीहरु उपलब्ध गराउन प्रदेशको सामर्थले नभ्याएको बताउनुभयो ।

प्रदेशको सामर्थ हैसियत भित्र उपलब्ध भएका कुनै पनि सामाग्री र जनशक्ति उदयपुरको आवश्यकता अनुसार उपलब्ध गराउन आफुहरु लागि परिरहेता पनि उदयपुरे जनताहरु र सम्बन्धित निकायहरुको माग अनुसार आफुहरुले सामाग्रीहरु उपलब्ध गराउन नसकिरहेको उहाँले स्वीकार्नु भएको छ ।

उहाँले यो जटिल समयमा पर्याप्त सामाग्रीहरु नेपालमा मात्रै नभई विश्वमै अवाभ रहेको बताउनु भएको छ । कोरोना उपचारका निमित सबै भन्दा बढि महत्वपूर्ण सामाग्रीको रुपमा प्रयोग हुने पिपिइ विश्वमै पर्याप्त नभएको बताउनुभयो । कोरोना उपचार सामाग्री नेपालमा नबन्ने बाहिर बाट ल्याउनु पर्ने भएकाले अहिले विश्वभर फैलिएको कारण सामाग्रीहरु विश्वभर पुराउन धौधौ परिरहेको मन्त्रि घिमिरेले बताउनुभयो ।

विश्वमै नपुगी रहेको पिपिइ नेपालमा यसको अवस्था झन नाजुक रहेको छ । आफुलाई पुगेर मात्रै नेपाल पठाउने सामाग्रीहरु यतिवेला कोरोना संक्रमित देशहरुमै अभाव रहेको घिमिरेले बताउनुभयो ।

मन्त्रि घिमिरेले उदयपुरमा बिभिन्न सामाग्रीहरु समस्यामा परेको कुरालाई प्रदेशले राम्ररी बुझेको बताउनुभयो । प्रदेशको सामर्थ अनुसार उदयपुरमा पूर्ण सामाग्रीहरु उपलब्ध गराउन नसकेको भन्दै उहाँले यसलाइ बुझिदिन अनुरोध गर्नुभएको छ ।

उहाँले कोरोना उपचार रोकथाममा सबै भन्दा बढी आवश्यको रुपमा स्वास्थ्य जनशक्ति रहेको बताउनुभएको छ । स्वास्थ्यकर्मीहरुलाई तालिक बद्धले काममा खटाउनु पर्ने भएकाले यो सबै भन्दा आवश्यको रुपमा रहेको बताउनुभयो । उच्च जोखिमका बाबजुद पनि काममा खट्ने जनशक्तिको रुपमा रहेको स्वास्थ्यकर्मीहरुलाई ७ दिन काममा गरेर १४ दिन आराम गर्नु पर्ने हुन्छ ।

यो जोखिमा निरन्तर काम गर्नु पर्ने स्वास्थ्यकर्मीहरुलाई जोखिमबाट बचाउन र सुरक्षित गर्न तालिका बद्ध काममा लगाउनु पर्ने भएकाले ७ दिन काम लगाउने र १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने उहाँले बताउनुभयो ।