Thursday, May 21News That Matters

कतारको बन्दीगृहबाट १७ नेपालीले आममाफी पाए

पूर्णपुष्टि, बैशाख ११ गते । 

कतारको बन्दीगृहमा रहेका १७ जना नेपाली श्रमिकले आममाफी पाएका छन् । कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हर्दै केही कैदीहरुलाई आमामाफीको दिने घोषणा सर्वजनिक गरेको थियो ।

उक्त घोषणा अनुसार बन्दीगृहमा रहेका १७ नेपाली नागरिक पनि रिहा भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

१३ जना लागूऔषध कारोबार, २ जना चोरी, १ जना रक्सी सेवन र अर्का १ जना ठगीको कसुरमा बन्दिगृहमा सजाय भोगिरहेका थिए ।