
पूर्णपुष्टि, पुष १८
उदयपुरमा जारी (ए) डिभिजन लिग फुटवल प्रतियोगिताको पाँचौ चरणको खेल आजा बाट सुरु भएको छ । गाईघाट स्थित थारुहट रंगशालामा खेल सुरु भएको हो । खेलमा हाल सम्म जिल्लाका ८ ओटा टिमले सहभागी जनाएको छ । १० गते बाट सुरु भएको खेलको शिर्ष स्थानमा हाल सम्म फ्युजन क्लव बोक्सेको अग्रता रहेको छ । बोक्सेले अहिले सम्म भएको चार खेल मध्य चारै खेल जितेर शिर्ष स्थानमा उक्लिएको आयोकले जनाएको छ । यस टिमले चारमा चारै जितेर सबै भन्दा बढी १२ अंक जोड्न सफल भएको छ ।

यसैगरी दोस्रो स्थानमा नव प्रभात नेपाल रहेको छ । यो टिमले चार खेल मध्ये तिन खेल जितेर १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको हो । त्यस्तै अन्य टिमको अंकहरु बेल्टार युथ क्लवको ९, लालिगुँरास नव युवा क्लवको ६, फुटवल क्लव

बगाहाको ६, गाईघाट फुटवल क्लवको ४ र मेधावी युवा क्लव र बगाहा युवा समूहको ०–० रहेको आयोजक तथा जिल्ला फुटवल संघ उदयपुरका सदस्य समेत रहेका उदय राईले जानकारी दिए । राईका अनुसार आईतबार बाट भने पाँचौ चरणको खेल सुरु भएको जानकारी गराउँदै आजको खेल बगाहा युवा समुह र लालिगुराँस नव युवा क्लव बिच हुने जनाए । यसैगरी अर्को खेल फ्युजन क्लव र गाईघाट फुटवल क्लव बिच हुने राईले जनाए । खेल बिहान दुई दुई टिमगरी हुने खेलाईरहेको आयोजक टिमले जनाएको छ । खेल २१ गते सम्पन्न हुने जनाईएको छ ।

