Thursday, September 24News That Matters

उदयपुर ए डिभिजन लिग : एक खेल अगावै बाहिरियो बगाहा फुटबल क्लब

पूर्णपुष्टि, जेठ ८ । उदयपुर ए डिभिजन लिग फुटबल प्रतियोगिताको समुह चरणको अन्तिम खेल अगावै फुटबल क्लब बगाहा बाहिरिएको छ । मंगलबार भएको समुह चरणको दोस्रो खेलमा एकता युवा क्लब बेल्टारसँग ४–१ गोल अन्तरले हारेसँगै बगाहा लिगबाट बाहिरिएको हो ।

त्रियुगा नगरपालिका वडा नं १३ स्थित थारुहट रंगशालामा भएको खेलमा खेलको ४८ औं मिनेटमा जर्सि नं १० का सचिन खड्काले गोल गर्दै बेल्टारलाई आग्रता दिलाएका थिए भने खेलको ६५ औं मिनेटमा जर्सि नं २० का सुशिल परियारले डि बक्स बाहिरबाट गोल गर्दै बेल्टारको आग्रता दोब्बर बनाए ।

खेलको ७८ औं मिनेटमा जर्सि नं १७ का नमराज राईले गोल गर्दै बगाहालाई खेलमा फर्काउन खोजेका थिए । तर, खेलको ८६ औं र ९३ औं मिनेटमा जर्सि नं २३ का जस बहादुर राईले गोल गर्दै बेल्टारलाई जित दिलाए । यस प्रतियोगिताको म्यान अफ द म्याच बेल्टारका जर्सि नं २३ का जस बहादुर राई बने । यस अघि समुह चरणको पहिलो खेलमा साथि समुहसँग फुटबल क्लब बगाहा २–१ गोलले पराजित भएको थियो भने अब बगाहाले अन्तिम खेल शुक्रबार गाईघाट फुटबल क्लबसँग खेल्नेछ । दुई समुहमा विभाजन गरिएको ८ टिम मध्ये शिर्ष दुई टोली सेमिफाईन पुग्नेछ ।