Saturday, May 16News That Matters

उदयपुर काष्ठ फर्निचर व्यवसायी संघ दर्ता प्रक्रियामा जोड

पूर्णपुष्टि, पौष २३ 

फर्निचर व्यवसायीहरुलाई एकजुट राख्दै बैद्यानिकताका साथ व्यवसायलाई अघि बढाउन उदयपुरका फर्निचर व्यवसायीहरु लगि परेका छन् । बिहिबार गाईघाटको डिम्कि मन्दिरमा उदयपुर काष्ठ फर्निचर व्यवसायी संघको तदर्थ समितिले संघ दर्ता प्रक्रियाको लागि छलफल बसेको छ । बिगत देखिनै राष्ट्रिय फर्निचर व्यवसायी संघले उदयपुमा पनि यसको शाखा विस्तारको लागि पत्र पठाएपनि केन्द्र संग मापदण्ड नमिल्दा संघ स्थापना हुन सहिरहेको थिएन् ।

तर पनि गाईघाटका व्यवसायीहरुले आफ्नो हक हित र व्यवसायलाई वैद्यानिक रुपमा संञ्चालन गर्न तदर्थ समिति गठन गरी फर्निचर व्यवसायीहरुका निम्ति काम गर्दै आईरहेका थिए । यस संघलाई पूर्णताका साथ अघि बढाई सम्पूर्ण उदयपुरका व्यवसायीहरुलाई संघमा जोड्न दर्ता प्रक्रियाका लागि व्यवसायीहरुले बिद्यान समिति गठन गरी छलफल गरेको छ । दिलिप निरौलाको संयोजकत्वमा विद्यान समिति गठन गरिएको छ । यस समितिले उदयपुर काष्ठ फर्निचर व्यवसायी संघ दर्ता प्रक्रिया सम्बन्धि छलफल गरी प्रशासनमा दर्ता गर्ने छलफल भएको छ ।

संघ दर्ता पश्चात जिल्लामा रहेको फर्निचर व्यवसायी संघको व्यवस्थित गर्ने र बैद्यानिकताका साथ चलेको या नचलेको फर्निचरहरुको निगरानी लगाएतका काममा जोड गरी छलफल भएको छ । व्यवसायीलाई बैद्यानिकतामा ध्यान गर्ने समितिका संयोजक दिलिप निरौलाले बताए ।