
पूर्णपुष्टि,पुष २३
उदयपुरमा लागुऔषध मुद्धामा फरार रहेका एक अभियुक्त आज पक्राउ परेको छ । त्रियुगा नगरपालिका–१२ बुद्ध चोक बस्ने बर्ष २९ को राम कुमार डोमलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
उदयपुर जिल्ला अदालतले २०७१।०७।०९ गते को फैसलाले लागुऔषध मुद्धामा १० दिन कैद सजाय भई फरार रहेको प्रतिबादीलाई आज ११ बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
डोमलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई फैसला कार्यन्वयनको लागी जिल्ला अदालत उदयपुर पठाईएको छ ।
