१.
उदयपुरमा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् । १८५ जनाको परिक्षण गर्दा २४ महिला र ३५ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु लिम्चुङबुङको १३, उदयपुरगढीको ११, बेलकाको १६, र चौदण्डीगढीको १९ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १४२ पुगेको छ ।
२
उदयपुरमा आज ३३ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । आज निको हुने त्रियुगाको २५, र चौदण्डीगढीको ७ र बेलकाको १ जना रहेका छन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३०६ पुगेको छ । आजबाट निको हुनेको संख्याले तीनसय नाघेको हो ।
३
आज ३ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४४ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको विराटनगरमा उपचारको क्रममा दुइदिनअघि मृत्यु भएको जनाइएको छ । बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो । उनको नोबेल मेडिकल कलेज विराटनगरमा हिजो मृत्यु भएको जनाइएको छ । उदयपुरगढी गाउँपालिका ३ को अर्का एक ५२ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको पनि उपचारको क्रममा दुईदिनअघि विराटनगरमा मृत्यु भएको हो । योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ । जसमा १३ महिला र २९ पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेको ठूलो संख्यामा त्रियुगाको अग्रस्थान कायमै छ । त्रियुगामा २३ जना हो भने चौदण्डीगढीमा ८, बेलका र उदयपुरगढीमा ३÷३ पुगेको छ । कटारी ३, रौतामाई १ र लिम्चुङबुङ १ जनाको मृत्यु संख्या रहेको छ ।
४
जिल्लाभरको कोरोना सम्बन्धीको रिपोर्ट स्वास्थ्य कार्यालयमा संकलनमा ढिलाई हुने गरेको छ । पालिकाहरुमा भएको परिक्षण, संक्रमित, निको तथा मृत्यु सम्बन्धीको विवरण समयमै संकलन हुन नसकेको हो ।
पालिकाको विवरण सोही दिन हुनु पर्नेमा विकटता, इन्टरनेट, जनशक्ति अभाव जस्ता कारणले संकलन हुन नसकेको बुझिएको छ । सोही दिन हुन नसक्दा भोलीपल्टसम्ममा हुनु पर्नेमा कहिलेकाही दुईतिनदिनसम्ममा पनि अपडेट हुन सकेको छैन ।
५
लिम्चुबुङमा हिजोसम्म २१८ जनाको कोरोना परिक्षण भएको छ । ९९ महिला र ११९ जना पुरुषको परिक्षण भएको हो । पालिकाको पाँचै वडालाई समेटेर गरिएको परिक्षणबाट १०० जना पोजेटिभ पुष्टि भएको हो । सयजना मध्ये १ जनाको मृत्यु भयो भने ३१ जना निको भएका छन् । बाँकीको होम आइसोलेशन र पालिकाको आइसोलेशनमा उपचार भइरहेको पालिकाले जनाएको छ ।
६
देशको कोरोना अपडेट
नेपालमा आज ८ हजार २४३ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ८४ ह्जार ३७३ पुगेको छ
नेपालमा आज ५ हजार ४२ जना संक्रमित थपिएको छ । योसंगै संंक्रमितको कुल संख्या ५ लाख ८५ हजार १०० भएको छ । आज ६८ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ७९९ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९२ हजार २०१ रहेको छ । सक्रिय संक्रमितको संख्या क्रमश घट्दै गएको छ ।
६
विश्व कोरोना अपडेट
विश्वमा कोरोना संक्रमितको संख्या १७ हजार ३३ लाख ४० हजार ८७४ पुगेको छ । निको हुनेको संख्या १५ करोड ६१ लाख ६ हजार ९३१ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख २८ हजार ३४ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ३५ लाख, ५ हजार ९०९ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या क्रमश घट्दो रहेको छ ।
७
कोरोना विरुद्ध गतिविधि खबर
लिम्चुङबुङ गाउँपालिकाले कोरोना विरुद्धको सहयोगलाई एकद्वार प्रणाली लागु गरेको छ । कोरोना विरुद्ध जुनसुकै सहयोगलाई पालिकामार्फत गर्नेगरी एकद्वार प्रणाली लागु गरेको जनाइएको छ ।
पालिकालाई यतिबेला कोरोना विरुद्धको लडाईमा देश विदेशबाट सहयोग भइरहेको सन्दर्भमा सहयोगको सदुपयोगका साथै पारदर्शीताका लागि यो प्रणाली लागु गरेको पालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।
सहयोगी ब्यक्ति तथा संस्थाहरुले कोरोना विरुद्धको लडाईमा स्वास्थ्य सामग्री तथा संक्रमितहरुलाई पोषिलो खाना सहयोग गर्दै आएका छन् ।
८
यसैबीच पालिकाको एकद्वार प्रणालीलाई प्रभावकारी बनाउन लिम्चुङबुङ–काठमाडौं समाजले सहयोग गर्ने भएको छ । समाजले पालिकाको एकद्वार प्रणालीलाई स्वागत गर्दै सहयोग संकलनमा समन्वय र सहयोग गर्ने जनाएको छ । समाजका पदाधिकारीहरुको सम्पर्क नम्बर सार्बजनिक गर्दै सहयोगको आव्हानसमेत गरेकोछ । समाजमा लिम्चुङबुङ घर भइ काठमाठौंमा रहदै आएका तथा लिम्चुङबुङको शुभचिन्तकहरु रहेका छन् ।
९
जिल्ला प्रहरी कार्यालय उदयपुरले आज ४१ वटा सवारी साधनलाई निशेधाज्ञ अवज्ञा गरेकोमा कारवाही गरेको जनाएको छ । जिल्लाको शान्ति सुरक्षाका साथै प्रहरीले सर्बसाधारणलाई कोरोना सम्बन्धीको जनचेतना फैलाउने काम पनि संगसंगै गरिरहेको छ ।
१०
जिल्लााको बेलकामा निर्माण हुदै गरेको अक्सिजन प्लान्टका लागि नेपाल टेलिभिजनमा लामो समय उच्च पदमा रहेर सेवा गर्नु भएका पत्रकार तथा कलाकार मनोहरी थापाले पनि आर्थिक सहयोग गर्नु भएको छ । उहाँले प्लान्ट निर्माणका लागि ५ हजार सहयोग गर्नु भएको छ ।
प्लान्ट निर्माणको प्रशंसा गर्दै विलसन केसी नामको आइएमइ पेबाट ५ हजार जम्मा भएको छ । गत जेठ ७ गते नै सो रकम जम्मा भएको पालिकाका मेयर दुर्गा थापाले जनाएका छन् ।
त्यसैगरी त्रियुगा नगरपालिका ११ निवासी रौतामाई गाउँपालिकाका सहायक महिला विकास निरिक्षक बबिता परियारले २ हजार ७८ रुपैया सहयोग गरेकी छिन् ।
११
नेपाल आयुर्वेद औषधि व्यवसायी संघ उदयपुरले पत्रकारहरुका लागि रोग प्रतिरोधात्मक आयुर्वेदिक औषधि प्रदान गरेको छ । संघका अध्यक्ष ओम लिम्बुले पत्रकार महासंघ उदयपुरलाई २० हजार बराबरको औषधिहरु हिजो उपलब्ध गराएका हुन् ।
