
पूर्णपुष्टि, जेष्ठ २१
उदयपुरमा पछिल्लो २४ घण्टा ५९ जनामा कोरोना संक्रमण देखिएको छ । १८५ जनालाई परिक्षण गर्दा जिल्लाको बिभिन्न पालिकाहरुमा ५९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
आज संक्रमण हुनेहरुमा लिम्चुङबुङ, बेलका, उदयपुरगढी र चौदण्डीका २४ महिला ३५ पुरुष रहेका छन् ।
कार्यालयका अनुसार लिम्चुङबुङ १३, बेलका १६, उदयपुरगढी ११, चौदण्डी १९ जना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा सक्रिया संक्रमितको संख्या १ हजार १४२ पुगेको छ भने कुल संक्रमितको संख्या १ हजार ४८८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै जिललामा कोरोना बाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । पछिल्लो समय मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं. ६ का ४४ वर्षिय पुरुषको विराटनगरमा उपचारको क्रममा दुइदिनअघि मृत्यु भएको जनाइएको छ ।
बेलका नगरपालिका ५ का ६० वर्षिय पुरुषको पनि नोबेल मेडिकल कलेज विराटनगरमा हिजो मृत्यु भएको जनाइएको छ । त्यसैगरी उदयपुरगढी गाउँपालिका ३ को अर्का एक ५२ वर्षिय पुरुषको पनि बिराटनगर स्थित उपचारकै क्रममा मृत्यु भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टा ३३ जना निको भएको छ । यो सँगै निको हुनेको संख्या जिल्लामा ३०६ पुगेको छ । आज निको हुनेहरुमा त्रियुगाको २५, चौदण्डीको ७ र बेलकाको १ जना रहेको छ ।
