
पुर्णपुष्टि, जेठ २३
सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ ।
