Saturday, June 20News That Matters

उदयपुर – काेराेना खबर अपडेट | २३ जेठ २०७८ : निशेधाज्ञकाे ३० दिनमा पनि संक्रमण घटेन

१.

उदयपुरमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । ५३ जनाको परिक्षण गर्दा ४ महिला र ९ पुरुषलाई कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितहरु त्रिनपाका ८, कटारीका ४ र बेलकाका १ जना रहेका छन् । योसंगै उदयपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १३१ रहेको छ । हिजोको दाँजोमा आज ११ जना सक्रिय संक्रमित कमी भएको हो ।

उदयपुरमा आज २२ जनाले कोरोनालाई पराजित गरी निको भएका छन् । निको हुने सबै लिम्चुङबुङ गाउँपलिकाका हुन् । योसंगै जिल्लामा निको हुनेको कुल संख्या ३२८ पुगेको छ । आज संक्रमित भन्दा निको हुनेको संख्या बढी हो ।

आज पनि २ जना कारोनाले मृत्य हुनेको संख्या थपिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ७ का ५२ वर्षिय महिलाको मृत्यु भएको हो । उनको कोशी हस्पिटलमा हिजो मृत्यु भएको जनाइएको छ । त्यसैगरी त्रियुगा नगरपालिका १३ को अर्का एक ३९ वर्षिय पुरुषको मृत्यु भएको हो । उनको धरानस्थित विपी कोइराला स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज मृत्यु भएको जनाइएको छ ।  योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । जसमा १४ महिला र ३० पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेको ठूलो संख्यामा त्रियुगाको अग्रस्थान कायमै छ । त्रियुगामा २४ जना हो भने चौदण्डीगढीमा ९, बेलका र उदयपुरगढीमा ३÷३ पुगेको छ । कटारी ३, रौतामाई १ र लिम्चुङबुङ १ जनाको मृत्यु संख्या रहेको छ ।

उदयपुर निशेधाज्ञ सुरु भएको आज ३० औं दिन । अर्थात एक महिना । यो अवधिमा उदयपुरमा कोरोना संक्रमण नियन्त्रण हुन सकेन ।  संक्रमण बढ्दो अवस्थामा छ । बैसाख २५ मा सुरु हुदाका दिन जिल्लामा सक्रिय संक्रमित १७१,  मृत्यु ३ र निको ३ जना थिए ।

उक्त संख्या बढेर अहिले जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार १३१ पुगेको छ । मृत्यु हुनेको संख्या ४६ पुगेको छ । निको हुनेको संख्या ३२८ रहेको छ ।

परिक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या जिल्लामा उच्च देखिएको हो । जिल्लाको आठै पालिकामा समुदायस्तरमा कोरोना फैलिएको छ । पालिकाहरुमा परिक्षणको क्रम जारी छ । संक्रमण घटेको अवस्था छैन ।

स्वास्थ्य कार्यालय उदयपुरको अनुसार दोस्रो लहरको पहिलो कोरोना संक्रमण उदयपुरमा गत चैत २४ गते पुष्टि भएको थियो । चौदण्डीगढीको एक ब्यक्तिmमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

प्रशासनले कोरोना संक्रमणको प्रतिरोध तथा नियन्त्रणका लागि जारी गरेको निशेधाज्ञ देखावटी रुपमा पालना भएपनि ब्यवहारिकरुपले पालना भएको देखिएन । विहे, बर्तमान, सांस्कृतिक पर्व तथा धार्मिक कार्यक्रमबाट समुदायस्तरमा कोरोना फैलिएको प्रशासनको ठहर छ । यसमा सर्बसाधारणले निशेधाज्ञको पालना तथा स्वास्थ्य मापदण्ड पालना नगरेको प्रष्ट छ भने प्रशासनले कडाइ गर्न नसकेको देखिन्छ ।

काठमाडांै लगायत नेपालका संक्रमित क्षेत्र तथा विदेशबाट आएकाहरु १४ दिनसम्म घरमा बसेर आइसोलेट नभइ सिधै गाउँघरको विहे, कार्यहरुमा हुलमुल भइदिदा समुदायमा संक्रमण फैलिएको हो । संकास्पद ब्यक्तिहरुले परिक्षण नगरेर सामाजिकरुपमा हुलमुल भइदिदा संक्रमण ब्यापक बनेको हो ।

निशेधाज्ञसंगै संक्रमण प्रतिरोध तथा नियन्त्रणमा प्रशासन लागी परेको छ । प्रशासनको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायहरु, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, चिकित्सकहरु अग्रपंतीमा खटिरहेका छन् । साथै पत्रकार, सामाजिक संघसंस्था, राजनीतिक दलहरु पनि खटिरहेका छन् ।

उनीहरुको साझा प्रयासबाट जिल्लाको स्वास्थ्य संस्थाहरुमा अक्शिजनसहितको आइसोलेशन बनाउने काम भएको छ । जिल्लाको ५ वटा सरकारी तथा निजि अस्पतालमा १९४ आइसोलेशन बेड रहेकोमा अन्य ठाउँमासमेत थप गरी बृद्धि गरिएको छ । जिल्लामा १०३ वटामात्र रहेको अक्शिजन शिलिण्डर थपिएर २३३ वटा पुगेको छ । जिल्लामा अक्सिजनको पर्याप्तता छ । जिल्लामा रहेका ३० वटा एम्बुलेन्सहरुलाई तमतयार अवस्थामा राखिएका छन् ।

कोरोनाको पहिलो लहरमा नै जोडिएको २ वटा भेन्टिलेटर र ५ वटा आइसियु यो अवधिमा पनि सन्चालनमा आउन सकेको छैन । दक्ष जनशक्तिको अभाव भन्दै बन्द रहेको भेन्टिलेटर र आइसियु बन्दकै अवस्थामा छ । जटिल कोरोना संक्रमणको उपचारका लागि अतिआवश्यकीय कुरा यसरी बन्द हुनु जिल्लाबासीका लागि दुर्भाग्य बनेको छ ।

यतिबेला नागरिकहरु संक्रमण घट्दै जाओस् भन्ने कामना गरिरहेका छन् । संक्रमित घटेको र निको हुनेको संख्या बढेको खबरले उनीहरु खुसी हुने गरेका छन् । तर, जिल्लामा हाल सक्रिय संक्रमित १ हजार १३१ जना हुदा निको हुनेको संख्या ३२८ मात्र छ । यो संख्या झण्डै तीनगुना कम हो । पछिल्लो समय संक्रमितको संख्या बढ्दो रहेकाले निको हुनेको संख्या कम रहेको छ ।

एउटा संक्रमितलाई निको हुन कम्तिमा १४ दिन लाग्ने मानिएको छ । सबै यो अवधिमै निको हुन्छ भन्ने छैन, निको लामो समय पनि लाग्ने गर्दछ ।

यो अवधिमा निको हुनेहरु मध्ये धेरैजसो होम आइसोलेशनमा बसेकाहरु छन् । होम आइसोलेशन वा संस्थागत आइसोलेशन जहा भएपनि संक्रमितलाई राम्रो हेरचाह, पोषिलो खानपिन र हौसलाको बढि खाँचो हुने देखिएको छ । अनुभवीहरुले यहि कुरालाई जोड दिएका छन् । १०

अव देशको कोरोना अपडेट 

नेपालमा आज ६ हजार ६३६ जना कोरोना संक्रमित निको भएका छन् । योसंगै नेपालमा निको हुनेको संख्या ४ लाख ९१ हजार ९ पुगेको छ

नेपालमा आज ३ हजार ४७९ जना संक्रमित थपिएका छन । योसंगै संंक्रमितको कुल संख्या ५ लाख ८८ हजार १२४ भएको छ । आज ९९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा मृत्यु हुनेको कुलसंख्या ७ हजार ८९८ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार ७१७ रहेको छ । आज पनि संक्रमित भन्दा निको हुनेको संख्या बढी छ । सक्रिय संक्रमितको संख्या क्रमश घटेको हो ।

११

अव विश्व कोरोना अपडेटको पालो

विश्वमा कोरोना संक्रमितको संख्या १७ हजार ३७ लाख २९ हजार ९७० पुगेको छ । निको हुनेको संख्या १५ करोड ६६ लाख १२ हजार १६५ पुगेको छ । मृत्यु हुनेको संख्या ३७ लाख ३६ हजार ५२७ पुगेको छ । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ३३ लाख, ८१ हजार २७८ रहेको छ । विश्वको सक्रिय संक्रमितको संख्या क्रमश घट्दो रहेको छ ।

१२

अव, कोरोना विरुद्ध गतिविधि खबर

त्रियुगा नगरपालिका वडा नं. १३ ले कोरोना महामारीमा वडाबासीलाई जोगाउने सबै खाले कदम चालेको छ । उसले जनचेतना फैलाउने देखि लिएर औषधि वितरण, स्वास्थ्य सामग्री वितरणका कार्य गरेको छ । संक्रमितलाई फलफुल तथा स्वास्थ्य सामग्री, मृतक परिवारलाई किरिया खर्चको ब्यवस्था मिलाएको छ ।

वडाध्यक्ष पशुपति चौधरीका अनुसार महामारी देखि वडाबासीलाई कहाँ के समस्य पर्छ भनेर वडाको सबै संयन्त्र तैनाथ छ । विपन्नवर्ग, बृद्धबृद्धा, बालबालिकालाई विशेष सहयोगको ब्यवस्था मिलाउदै आपतकालिन अवस्थामा सबैखाले सहयोगमा जुटेको उहाँले बताउनुभयो । हालसम्म सो वडामा २७ जना संक्रमित हुनुका साथै ५ जनाको मृत्यु भएको जनाइएको छ ।

१३

त्रिनपा १६ मा हालसम्म २५१ जनाको कोरोना परिक्षण भएको छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार १०३ महिला र १४८ पुरुषको परिक्षण भएको हो । जसमा १०७ जना संक्रमित पुष्टि भयो । संक्रमित हुने ३९ महिला र ५८ पुरुष हुन् ।

जसमा १४ जना निको भइसकेका छन् । ३ जनाको विराटनगरमा उपचार चलिरहेको छ । ३८ जनाको होम आइसोलेशनमा स्वास्थ्य सुधारमा छ भने ५२ जनाको अवस्था समान्य रहेको छ ।

वडाध्यक्ष राई र एक सदस्य स्वयम् संक्रमित भइ उपचारको अवस्थामा हुनुहुन्छ । उहाँहरुको क्रमिक स्वास्थय सुधार भइरहेको जानकारी छ ।