Monday, June 22News That Matters

ब्राउन सुगरसहित दुई युवक पक्राउ

पूर्णपुष्टि, जेष्ठ २४ लागुऔषध ब्राउन सुगरसहित कञ्चनपुरका दुई युवकलाई सशस्त्रप्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट झिलमिलाको फवार्ड वेश राधाकृष्णबाट खटिएको टोलीले बेल्डाँडी नगरपालिका–३ वनकुर्मा क्षेत्रबाट दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको हो । सशस्त्र प्रहरीले पक्राउ गरेको युवकहरु दुवै कञ्चनपुरको वेदकोट नगरपालिका–५ का २७ वर्षीय सुरेश नेपाली र २८ वर्षीय सन्तोष बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले जनाएको छ । उनीहरुको साथबाट ४ ग्राम ब्राउनसुगर, एउटा मोटरसाइकल ,दुईवटा मोवाइल र नगद १ हजार ७ सय रुपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित उनीहरुलाई आवश्यक कारबाही र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेल्डाँडीमा बुझाइएको प्रहरीले जनाएको छ ।